समाचार

गाउँपालिका अध्यक्ष बिष्टलाई कुटपिट गर्नेलाई कारवाही गर्न कांग्रेसको माग

Nepali Congress Party Office

३० असोज, काठमाडौं । बैतडीको सुर्नया गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न नेपाली कांग्रेसले माग गरेको छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिहरूको तत्काल खोजी गरी कडाभन्दा कडा कानुनी कारवाही गर्न सरकारसँग माग गरिएको छ ।

गाउँपालिका केन्द्रको विषयमा भएको विवादमा अध्यक्ष बिष्टमाथि बुधबार ढुंगा प्रहार भएको थियो । नेपाली काँग्रेस बैतडीका सचिव एवं सुर्नया गाउँपालिकाका अध्यक्ष विष्टलाई निर्घात रुपले कुटपिट गरी गम्भीर घाइते बनाएको दुई दिन बितिसक्दा कुटपिटमा संलग्नलाई राज्यले कुनै पनि कारबाही नगर्नुलाईकाँग्रेसले अत्यन्तै दुःखद घटनाका रुपमा लिएको पौडेलले बताए ।

गाउँपालिकामा लगाएको ताला खोल्न गएका बेला अध्यक्ष बिष्टमाथि ढुंगा प्रहार हुँदा टाउकोमा चोट लागेको थियो । गाउँपालिका केन्द्र पबितामा सार्न खोजेको भन्दै स्थानीय बासिन्दाले गाउँपालिकामा तालाबन्दी गरेका थिए । यस घटनामा अध्यक्ष बिष्टसहित १४ जना पनि घाइते भएका थिए । जसमा ५ जना प्रहरी पनि घाइते भएका थिए । उनीहरूको अवस्था सामान्य छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस