रोजगार

नोबेलले दशैं बोनसबापत कर्मचारीलाई बाँड्यो १ करोड २६ लाख

Nobel medical college

३० असोज, बिराटनगर । कोरोनाको महामारीका कारण लामो समयसम्म गरिएको लकडाउनले सबै क्षेत्रमा आर्थिक संकट निम्तिएको अवस्थामा नोबेल शिक्षण अस्पतालले कर्मचारीहरुलाई दशैं बोनस वापत १ करोड २६ लाख रकम वितरण गरेको छ । नोबेलले ९८० जना कर्मचारीलाई दसैं बोनसवापत सो रकम बिहीबार वितरण गरेको हो ।

प्रत्यक्ष रुपमा काम गर्ने कर्मचारी र अन्य संस्थामार्फत कार्यरत् सुरक्षागार्ड, सरसफाइ मजदुरलाई सो बराबरको रकम बोनसस्वरुप दिइएको नोबेलका प्रवन्धक नारायण दाहालले बताए । बोनसवापतको रकम सम्बन्धित व्यक्तिको खातामा पठाइएको दाहालले बताए ।

नोबेलमा करिब १६ सय कर्मचारी कार्यरत छन् । त्यहाँ काम गर्ने कर्मचारीले प्रतिव्यक्ति न्यूनतम् ८ हजार ४ सय ५५ देखि अधिकतम् ४० हजार रुपैयाँसम्म बोनस पाएको दाहालले बताए । कोरोनाको महामारीका कारण अन्य क्षेत्रजस्तै प्रभावित भए पनि संकटका बेला दसैंमा कर्मचारीलाई राहतस्वरुप बोनस वितरण गरिएको दाहालले बताए ।

कर्मचारीको तलबमा मात्रै नोबेलले मासिक करिब ७ करोड रकम खर्चिंदै आएको छ । भरपर्दो उपचार र गुणस्तरीय चिकित्सा शिक्षाका कारण लोकप्रियता कमाएको नोबेल निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालकै सबैभन्दा ठूलो शिक्षण अस्पताल हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस