समाचार

प्रदेश नं १ मा ४६८ जना सङक्रमित थपिए

covid 19 test positive

३० असोज, काठमाडौं । प्रदेश नं. १ मा पछिल्लो २४ घण्टाको अवधिमा ४६८ कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको एक हजार ४४५ जनाको पीसीआर परीक्षणमा १६४ महिला र ३०४ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रदेशकोसामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा १३४ सहित मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, ते¥हथुममा सात, उदयपुरमा चार, इलाममा तीन, धनकुटा र संखुवासभामा दुई/दुई, भोजपुर र ताप्लेजुङमा एक/एक र प्रदेश बाहिरका १२ जनामा सङक्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ७०२ पुगेको  मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आज २२१ जना सङक्रमित निको भै घर फर्केका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म पाँच हजार ५६१ पुगेको छ । हालसम्म एक लाख ४३ हजार ९३३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस