समाचार

आइतबारदेखि ललितपुर जिल्लामा अत्यावश्यक बाहेकका सेवा बन्द गरिने

lalitpur cdo

३० असोज, ललितपुर । ललितपुर जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने भएको छ । आज जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँगको छलफलमा सो निर्णय भएको जनाएको छ ।

‘कात्तिक २ देखि ललितपुर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेकका सेवा प्रवाह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ’ जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको दर अत्याधिक बढिरहेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्दा सेवाग्राहीहरुको भिडभाड अत्याधिक बढ्न गई सेवाग्राहीमा संक्रमण फैलन सक्ने उच्च जोखिम रहेकाले सेवा प्रवाह स्थगित गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र, सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकायसँगको छलफल, परामर्श एवं निष्कर्षको आधारमा अत्यावश्यकबाहेकका सेवा प्रवाह स्थगित गर्ने निर्णय भएको उनले बताए ।

प्रशासनले जारी गरेको सूचना :

lalitpur suchana

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस