समाचार

ढुंगा लागेर गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

helicopter

३० असोज, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकामा दुर्घटनामा गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

ढोरपाटन नगरपालिका–४ स्थित डोजरले सडक पन्छ्याउने क्रममा खसेको ढुंगाले लागेर सकबहादुर खत्री गम्भीर घाइते भएका थिए ।

घाइते खत्रीको प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौं स्थित त्रिवि शिक्षण अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस