समाचार

कार्यकक्षमै बेहोस अवस्थामा फेला परेका बिमा कम्पनीका म्यानेजरको मृत्यु

death youth

१ कात्तिक, धनगढी । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित कार्यालयको कार्यकक्षमा अचेत अवस्थामा फेला परेका एक बिमा कम्पनीका म्यानेजरको उपचारका क्रममा मृत्यु भएको छ ।

रिलायन्स कम्पनीका शाखा म्यानेजर गणेश साउदको धनगढीको माया मेट्रो अस्पतालमा शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार दिउँसो २ बजे कार्यकक्षमै उनी बेहोस भएको अवस्थामा फेला परेका थिए ।

उनलाई उपचारका लागि कार्यालयका कर्मचारीले धनगढीस्थित माया मेट्रो अस्पताल पुर्‍याइएको थियो । स्थायी ठेगाना बैतडी जिल्लाको सुर्नया गाउँपालिका–४ घर भएका उनी हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोल बस्दै आएका थिए ।

घटनास्थल नजिकैबाट सल्फासको बोतल फेला परेको प्रहरीले जनाएको छ । ‘वान्ता गरेको र बेहोस भएर ढलेको अवस्थामा फेला परेपछि उपचारका लागि धनगढी पुर्‍याइएको भए पनि उनको अवस्था बिग्रिएपछि मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले भने ।

अहिले उनको शवलाई पोष्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ । पोष्टमार्टमको रिपोर्टको आधारमा घटनाको अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस