समाचार

यी स्थानमा काटिदैछन् आज दिउँसो बत्ती

bulb light

१ कात्तिक, काठमाडौं । उपत्यकाका तीनवटा वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा शनिबार बत्ती काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार भक्तपुरको थिमि र काठमाडौंको बालाजु र कुलेश्वर कलंकी क्षेत्रमा विजुली काटिने भएको हो ।

ठिमी अस्पताल, चारदोबाटो, कोरियन अस्पताल, गठ्ठाघर, कौशलटार लगायतका क्षेत्रमा बिहान १० बजेदेखि १२ बजेसम्म बिजुली काटिनेछ ।

यस्तै बालाजु क्षेत्रको वनस्थली, माछापोखरी, बाइपास, मनमैंजु पुल, लोकतान्त्रिकचोक, इन्द्रेणी पुल आसपासमा पनि मर्मतका लागि बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म बत्ती काटिने भएको छ ।

यता कुलेश्वर कलंकी क्षेत्रका सालिक चोक, पार्टीचोक, अमर ज्योती स्कुल, हंसटार, मालपोत क्षेत्रमा बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म बत्ती काटिने पनि प्राधिकरणले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *