समाचार

१२ हजार घुस लिएको आरोपमा वन रक्षक पक्राउ

CIAA-Butwal

१ कात्तिक, बुटवल । सबडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक १२ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले वनरक्षक प्रेमचन्द्र विकलाई काठ ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिएको आरोपमा शनिबार बिहान ८.५० बजे सैनामैना नगरपालिका–६ कलौनीचोकबाट रकमसहित रंगेहात पक्राउ गरेको हो ।

पीडितले दिएको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको आयोगका सूचना अधिकृत सरेश भुसालले बताए । पटक–पटक गुनासो आएका उनीमाथि थप अनुसन्धान भइरहेको अधिकृत भुसालले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस