समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने

King Gyanendra

१ कात्तिक, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।

कोरोना महामारीका कारण पूर्व राजा ज्ञानेन्द्रले महाअष्टमीका दिन शक्ति पिठको दर्शन र टिकाको दिन सर्बसाधारणलाई टिका लगाइदिने कार्यक्रम नहुने विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

विज्ञप्तिमा पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोनाको असहजताको स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई कायम राख्दै दशैँ पर्व शान्त, शालीनता र सादगी रुपमा मनाउने निधो गरेको उल्लेख छ ।

साथै विज्ञप्तिमा यस बर्षको महा अष्टमीका दिन विहिन्न शक्तिपिठहरुमा दर्शन गर्ने कर्यम र विजय दशमीका दिन टिका लगाउने कार्यक्रम नहुने उल्लेख गरिएको छ ।

bada dashain gyanandra scaled

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस