
१ कात्तिक, काठमाडौं । प्रहरीले पर्साको वीरगन्ज क्षेत्रबाट करिब साढे २२ किलो सुन बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–५ मा रहेको गणेश अपार्टमेन्टबाट सुन बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले सो सुन बरामद गरेको हो ।
प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले विशेष सूचनामा आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारेको बताए । सो अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए ।
प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन । सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस