विश्व/प्रवास

अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ८० लाख नाघ्यो

spain covid 19

१ कात्तिक, काठमाडौं । अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ८० लाख नाघेको छ ।

समाचारमा जनाइएअनुसार अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ८० लाख ८ हजार ४०२ पुगेको हो । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार शुक्रबार संक्रमितको संख्या ८० लाख नाघेको हो ।

अमेरिका विश्वमा नै कोरोनाबाट संक्रमितहरु सबैभन्दा धेरै भएका देशमा पर्दछ । त्यसैगरी यस सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या पनि २ लाख १८ हजार ९७ जना रहेको छ ।

उक्त विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस