
१ कात्तिक, स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिका–३ साम्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा सोही ठाउँका २० वर्षीय विपिन जिटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
ग१त ५६३७ नंको ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको थियो । ट्याक्टरको इन्जिनले च्यापिएर जिटीको मृत्यु भएको हो। मृतकको शव परीक्षणका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा लगिएको छ ।
दुर्घटनामा भिरकोट–३ का १७ वर्षीय सुनिल रिजाल घाइते भएका छन् । उनको ट्याक्टर जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस