
१ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३ हजार १६७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । संक्रमितमध्ये ८९ हजार ८४० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ७२७ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस