१ कात्तिक, काठमाडौं । काठमाडौंमा उपत्यकामा थप १७ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १७ सय ४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौंमा १४ सय ५१, भक्तपुरमा १ सय ४३ र ललितपुरमा १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, नेपालमा थप ३१ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस