बैँक / वित्त

एनआईसीको मोबाइल बैंकिङबाट हुने प्रत्येक कारोबारमा १ रुपैयाँ सामाजिक उत्तदायित्वका लागि प्रदान गरिने

nic asia bank

१ कात्तिक, काठमाडौं । एनआईसी एशिया बैंकले वडादशैंको अवसरमा ‘सेलिब्रेट फर कज’ सामाजिक उत्तरदायित्व योजना ल्याएको छ ।

यस योजना अनुसार बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मोबाइल बैंकिङ्गबाट क्युआर, युटिलिटी तथा मर्चेन्ट भुक्तानी गरी हुने प्रत्येक कारोबारमा बैंकको तर्फबाट १ रुपैयाँका दरले समाजिक उत्तरदायित्वका लागि योगदान गरिनेछ ।

ग्राहकहरूको चाडपर्वलाई उल्लासमय बनाउने उद्देश्यले बैंकले ‘डिजिटल उत्सव’ योजना डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विभिन्न ब्राण्ड तथा स्टोरहरूमा डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक छुट तथा नगद फिर्ता योजना ल्याएकोमा बैंकले सोही योजनाअन्तर्गत सामाजिक काममा आफ्नो परोपकारी भावनालाई गतिशील रुपमा अगाडि बढाउन ‘सेलिब्रेट फर कज’ योजना समेत ‘डिजिटल उत्सव’ मा समावेश गरी ल्याएको हो ।

करिब १२ लाख मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले १ कार्तिक देखि १० कार्तिक २०७७ सम्म गर्ने डिजिटल भुक्तानीलाई यस योजनामा समावेश गरिनेछ । कोभिड–१९ को महामारीका कारण मुलुकका उद्योग, कलकारखाना, विकास निर्माण, बैंक तथा वित्तीय क्षेत्र लगायतका क्षेत्रहरूमा गम्भीर असर पारिरहेको अवस्थाबीच बैंकले यस अभियानमार्फत उक्त १० दिनसम्म संकलन भएको रकम कोरोना महामारीबाट गम्भीर असर भोगिरहेका बृद्धाश्रम, बालगृह जस्ता सामाजिक संस्थाहरूलाई प्रदान गर्नेछ ।

मोबाइल बैंकिङ्गबाट गरिने भुक्तानी निकै लोकप्रिय बनेसँगै ठूलो जनमानसलाई डिजिटल कारोबारतर्फ आकर्षित गर्नका निमित्त बैंकले यस योजनालाई बृहतरूपमा लैजाने सोच बनाएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले ल्याएको यस अभियानबाट सामाजिक संस्थाहरूको हितको रक्षामात्र नभई अप्ठ्यारामा परेका नागरिकहरूलाई आड भरोसा समेत मिल्ने विश्वास बैंकले लिएको छ ।

हाल मोबाइल बैंकिङ्गबाट देशभरका १ लाख ५० हजार भन्दा बढी मर्चेन्टहरूमा क्यूआर भुक्तानी एवं विद्युत महसुल, खानेपानी, टेलिफोन, इन्टरनेट, केबुल, मोबाइल रिचार्ज, हवाइ तथा बस टिकटको शुल्क भुक्तानी तथा रकम स्थानान्तरण जुनसुकै स्थानबाट जुनसुकै समयमा गर्न सकिने सुविधा रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस