समाचार

हिल्साका होटेल सुनसान

hilsa

१ कात्तिक, हुम्ला । हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाको हिल्सामा रहेका होटेलहरु यो वर्ष सुनसान छन् ।

मानसरोवर कैलाशको प्रवेशद्वारका रुपमा परिचित हिल्सामा पर्यटकलाई लक्ष्य गरी सञ्चालनमा आएका कोभिड १९ को असरका कारण होटेलहरु सुनसान छन् । मानसरोवर कैलाशको धार्मिक यात्रामा आउने भारतीय पर्यटकहरु अहिले देखिँदैनन् ।

यो वर्ष विगतका वर्षहरु जस्तै पर्यटक नआउँदा सिजन भरी होटेलहरु सुनसान हुनाका साथै कुनै कारोबार नभएको होटेल स्नो ल्याण्डका म्यानेजर डुब्सान लामाले बताए । हिल्सामा पर्यटकीय होटेलहरु आधा दर्जन भन्दा बढी छन् । यहाँ मानसरोवर, हुम्ला रिसोर्ट, वाग्लुङ, नन्दी, मुकुम, नौमुले र कंग्री आदि छन् ।

सिजनको अन्त्य हुने बेलासम्म कोरोना कहरले मानसरोवर  कैलाशको धार्मिक यात्रा गर्ने हिल्सा नाका बन्द भएपछि हिल्सामा सुनसान छाएको हो । पर्यटक आगमन नहुँदा हिल्साका होटेल व्यवसायी आर्थिक सङ्कटमा परेका छन् ।

आन्तरिक पर्यटकहरु लिमी घुम्ने र हिल्सा घुम्न आएका केही पर्यटकहरु होटेलमा वास बस्न आएपनि कोठा भाडा नलिएको लामाले बताउनुभयो ।  केही होटेलमा कुरुवा छन् । धेरै होटमा कुरुवमा पनि छैनन् ।

ताला लगाएर बन्द गरिएको छ । गत वर्ष यही समयमा मानसरोवर कैलाशको दर्शन गर्ने नौ हजार भारतीय पर्यटकलाई सेवा दिएको बताउने मानसरोवर होटेलका व्यवस्थापक कर्मा लामाले यस वर्ष कोही पनि नपसेको गुनासो गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस