
१ कात्तिक, धादिङ । धादिङको गल्छी गाउँपालिका कार्यालय ६ दिनसम्मका लागि बन्द गरिएको छ ।
गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ समेत ३ कर्मचारी र २ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि बन्द गरिएको हो ।
गाउँपालिकाले सबै काम बन्द गरे पनि स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुने गाउँपालिका स्वास्थ्य सहसंयोजक शिव पौडेलले बताए । गाउँपालिकामा शनिवार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ नेपाली सैनिक रहेका छन् ।
प्रतिक्रिया दिनुहोस