
१ कात्तिक, काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौंका विभिन्न स्थानमा रहेका शहीदका सालिकमा पुगेर शनिवार माल्यार्पण गरेका छन् ।
मन्त्रीका रूपमा शपथग्रहण गरेको तेस्रो दिन उनले देश र जनताका लागि प्राण आहुति दिने शहीदको शालिकमा माल्यार्पण गरेका हुन् ।
उनले टेकु पचली, शोभा भगवती, गणेशस्थान लगायतका स्थानमा पुगेर शहीदप्रति सम्मान व्यक्ति गरे । मन्त्री श्रेष्ठले शनिवारै कोटेश्वरस्थित मदन भण्डारी पार्क पुगेर उनको सालिकमा पनि माल्यार्पण गरेका छन् ।
लामो समयदेखि काठमाडौं उपत्यकाको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी नेतृत्व गर्दै आएका उनी काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधि सभामा निर्वाचित हुन् ।
प्रतिक्रिया दिनुहोस