
१ कात्तिक, काठमाडौं । नेकपा उपाध्यक्ष तथा पूर्व गृहमन्त्री वामदेव गौतमको सुरक्षामा खटिएका केही सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गौतमको सवारी चालकमा समेत संक्रमण पुष्टि भएको गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए । तर उपाध्यक्ष गौतमसहित परिवार र सचिवालयको सदस्यमा कुनै समस्या नरहेको सुवेदीले बताए ।
योसँगै उपाध्यक्ष गौतमले सम्पूर्ण भेटघाट बन्द रहेको सुवेदीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस