२ कात्तिक, काठमाडौं । कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक(असई) मृत फेला परेका छन् ।
हिजो रातिदेखि बेपत्ता भएका असई गोविन्द बिकको शव आज बिहान सीमा नाकामा मोहना नदीमा फेला परको हो । उनीसंगै गस्तीमा गएका हबल्दार राम बहादुर सांउद भने बेपत्ता भएका छन् ।
उनिहरु दुवै जना शनिवार राति गस्तीमा निस्किएको र त्यसपछि सम्पर्क बिहिन भएको एसएसपी मुकेश सिंहले जानकारी दिए । कसैले घेरा हालेर हत्या गरेको आशंका प्रहरीले गरेको छ ।
प्रतिक्रिया दिनुहोस