
२ कात्तिक, काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ४ सय रुपैयाँले बढेर ९४ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै तेजावी सुन तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । शु्क्रबार तोलामा १२ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस