२ कात्तिक, काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेसरी शाहलाई कोरोना संक्रमण भएको छ । शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै शनिबार गरिएको पीसीआर परीक्षणमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।
गत बुधबार पनि उनले पीसीआर परीक्षण गरेका थिए । त्यतिबेला भने उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर, गन्ध थाहा नपाउने लक्षण रहेका कारण डाक्टरहरुले उनलाई आइसोलेसनमा नै बस्ने सुझाव दिएका थिए ।
आइसोलेसनमा रहेको बेला उनले शनिबार पुनः परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । आफूलाई त्योबाहेक अरू कुनै लक्षण नदेखिएको र घरमै क्वारेन्टिनमा बसेको शाहको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस