सूचना प्रविधि

भिभोको भी २० नेपालमा सार्वजनिक

vivo v20 lunched

२ कात्तिक, काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्राण्ड, भिभोले आफ्नो भी सिरिजको नयाँ भीभो भी २० आज नेपाली बजारमा उपलब्ध गराएको छ । भी २० मा रहेको ४४ एमपी आई अटोफोकस क्यामेरा र उत्कृष्ट सेल्फी अनुभवका लागी अटोफोकस सक्षमताहरुका साथ भिभोले प्रिमियम स्मार्ट फोनको मापदण्डहरुको अवधारणामा परिवर्तन ल्याएको छ ।

नयाँ भी २० स्लिम र लाईटवेट पनि छ र ७.३८ एमएम अल्ट्रा सिल्कि एजी ग्लास रहेको छ जसले युवा प्रयोगकर्ताहरुको दु्रतगति जीवनशैलीलाई सहजता दिलाउँछ । उक्त स्मार्टफोनमा ६४ एमपी क्यामेराको साथमा सुपर नाइट मोड रहेको छ जसले निकै जुम गरिएको अवस्थामा पनि स्पष्ट र गुणस्तरिय तस्बिर प्रदान गर्दछ । यो ३३ डब्लु फ्ल्यास चार्ज क्षमताद्वारा समर्थित छ जसले भी २० लाई दिनभर प्रयोगमा रहन सक्षम बनाउँछ ।

भिभोकाअनुसार, ‘भिभो सधैं परिवर्तन हुने समय र ग्राहकहरुको व्यवहार, आवश्यकता र प्राथमिकताहरुको साथमा विकसित हुने कुरामा विश्वास गर्दछ । हामी सेल्फी क्रेज, फोटोग्राफी चलन र रचनात्मक मस्तिष्कहरुको आवश्यकताहरु बुझ्छौं । भी २० को साथमा, भिभो आफ्नो उत्कृष्ट नयाँ विशेषता र डिजाईनहरुबाट प्रिमियम स्मार्टफोनको मापदण्डहरुको अवधारणामा परिवर्तन र नयाँपन ल्याउन तयार रहेको छ । भी २०मा अटोफोकस क्यामेरा क्षमताहरुको साथ अल्ट्रा–स्लिक र आर्कषक डिजाईन रहेको छ ।’

भिभोको भी २० मा रहेकाे क्यामराकाे विशेषताले प्रयोगकर्ताले चाहे नजिकै वा पर दूरीबाट खिच्दा पनि निकै सहजताका साथ उत्कृष्ट नतिजा प्रदान गदर्छ । यस विशेषताबाट सेल्फी प्रेमी र सामाग्री सर्जकहरुले निकै लाभ उठाउन सक्छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस