समाचार

दाङमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

road accident

२ कात्तिक, दाङ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ र अर्घाखाँचीको सिमा क्षेत्रमा टिपरको ठक्करबाट आइतबार एक साइकलयात्रीको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

रा १ ख २०२१ नम्बरको टिपरले शितगंगा-८ मा साइकलयात्रीलाई ठक्कर दिँदा साइकलमा सवार गढवा गाउँपालिका-१ जुरौनीकी २४ वर्षीया जमुना कुमालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ ।

साइकल चालक ५८ वर्षीय बुद्धिराम कुमालको गम्भीर घाइते भएको र उनको भालुबाङ्ग स्वास्थ्यचौकीमा प्राथमिक उपचार गरेर थप उपचारको लागि बुटवल पठाइएको छ ।

भालुबाङ्गबाट सामान किनेर साइकलमा घर फर्कँदै गरेको बेला टिपरले ठक्कर दिएको थियो । ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *