समाचार

बैंकहरुमा भीडभाड बढ्यो

Bank Vidvad

२ कात्तिक, काठमाडौं । कोभिड संक्रमणको जोखिमका बाबजुद पनि बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको घुइँचो बढेको छ । बैंकहरुले सबै शाखा कार्यालयहरुमार्फत सेवा दिए पनि पैसा राख्‍ने र झिक्नेहरुको संख्या बढेको हो ।

दसैं नजिकिँदै गर्दा पैसा झिक्नेहरुको संख्या बढेकाले पनि भिड बढेको छ । कतिपय बैंक तथा वित्तीय संस्थामा पैसा झिक्नेहरुको लाइन सडकसम्मै आएको देखिएको छ । कतिपय बैंकहरुमा कोभिड संक्रमणको कारण पनि सबै कर्मचारीहरु राखेर पूर्णरुपमा सेवा दिन नपाएकाले भीडभाड बढेको बैंकर्सहरु बताउँछन् ।

बैंकहरुले डिजिटल बैंकिङमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाएपनि त्यसको पहुँच सबै ग्राहकमा नहुँदा पैसा निकाल्नका लागि बैंकसम्म पुग्नैपर्ने बाध्यता रहेको छ । यस्तै संक्रमण बढ्दै गएको अवस्थामा फेरि पनि निषेधाज्ञा हुने हल्लाका कारण मानिसहरु पैसाको जोहो गर्न बैंकसम्म पुग्ने गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस