
२ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा थप १६९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १६९८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौंमा १४ सय ६९, ललितपुरमा एक सय ३० र भक्तपुरमा ९९ जना संक्रमित थपिएका छन् ।
छिल्लो २४ घण्टामा नेपालमा थप २९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म देशभर कोरोना संक्रमितको संख्या संख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस