बैँक / वित्त

एनएमबि बैंकका ग्राहकले सामसङ मोबाइल खरिदमा विशेष छुट पाउने

nmb bank with samsung offer

२ कात्तिक, काठमाडौं । एनएमबि बैंक र आइएमएस बीच एनएमबि बैंकका ग्राहकहरुले सामसङको मोबाइल एनएमबि बैंकको कार्ड प्रयोग गरी खरिद गर्दा मेगा डिलअन्तर्गत विशेष छुट र दशैं नगद फिर्ता अफर प्रदान गर्ने विषयमा द्विपक्षिय समझदारी भएको छ ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र आइएमएसका प्रबन्धक– सेल्स र अपरेशन नारायण भुषालले हस्ताक्षर गरे । यसपालीको दशैंमा नयाँ मोबाईल खरिद गर्ने चाहना साकार होस भन्ने उद्देश्यकासाथ आइएमएसले यो अभियान सुरु गरिएको हो ।

एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महाअफरअन्तर्गत ग्राहकले सामसङ मोबाइलको प्रत्येक खरीदमा ११० प्रतिशतसम्म वा १ हजारसम्म नगद फिर्ता पाउन सक्नेछन् । एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस