बैँक / वित्त

नेपाल बैंकले ८४औं वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाहरु निःशुल्क प्रदान गर्ने

Nepal bank

२ कात्तिक, काठमाडौं । बिक्रम संम्वत् १९९४ कात्र्तिक ३० गते लक्ष्मीपूजाको दिन स्थापना भई संचालनमा आएको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८४औं वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाहरु निःशुल्क प्रदान गर्ने भएको छ ।

बैंकले ग्राहकहरुको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै यही कात्तिक १ गतेदेखि निक्षेप खाताहरुमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट एकाउन्ट, मेरो शेयर, सीआस्बा र भिसा डेबिट कार्ड निःशुल्क प्रदान गर्ने भएको हो ।

साथै बैंकद्वारा ८४औं बार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरिनलागेको बैंकले जनाएको छ ।

बैंकले देशको ६४ जिल्लामा रहेका आफ्ना १९१ शाखा, १२६ एटिएम तथा ३६ वटा एक्टेन्शन काउण्टरमार्फत देश र आम नेपालीको बैंकिङ्ग सेवामा समर्पित रहि अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु उपलब्ध गराउँदै आइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस