२ कात्तिक, काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालयमा आश्विन ३० गतेका दिन सम्पन्न भएको कार्यक्रममा काभ्रेको पाँचखाल नगरपालिकासँग कृषकहरुलाई कृषि ऋण प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषिऋण उपलब्ध गराउनेछ ।
सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बैंकका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थितिका बीच हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस