समाचार

काठमाडौंमा गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु

Death Body

२ कात्तिक, काठमाडौं । काठमाडौंको सामाखुसी चोकमा गाडीको ठक्करबाट आइतबार एकजना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको पञ्चगाछी गाउँपालिका–४ घर भएका ३१ वर्षीय अशोक ताजपुरीया रहेका छन् ।

ना.६ ख ४०१६ नम्बरको गाडीले काठमाडौं महानगरपालिका–२६ सामाखुसी चोकमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते ताजपुरीयाको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ठक्कर दिने बसको चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस