समाचार

प्रदेश १ मा थपिए ४७४ जना कोरोना सङ्क्रमित

pcr test lab

२ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा ४७४ जना कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये  १४९ महिला र ३२५ पुरुष छन् ।

थपिएका सङ्क्रमितमा मोरङका २६५ मध्ये विराटनगरमा १५४, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा सात, सङ्खुवासभामा पाँच, भोजपुरमा दुई, धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुङ्गामा एकएक तथा प्रदेश बाहिरका १३  सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाका अवधिमा १५ जनासहित अहिलेसम्ममा प्रदेशमा पाँच हजार ५७५ जना निको भएर घर फर्किएका छन् । सो अवधिमा एक हजार ४६८ जनासहित अहिलेसम्ममा कुल एक लाख ४६ हजार ८५० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस