
२ कात्तिक, काठमाडौं । भरतपुर महानगरपालिकाले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि थप रकम सहयोग गरेको छ । धुर्मस सुन्तली फाउण्डेशनलाई महानगरपालिकाले आज १ करोड ५० लाख थप आर्थिक सहयोग गरेको हो ।
महानगरको आइतवार बसेको बैठकको निर्णय बमोजिम विभिन्न सर्तहरु लागू गर्दै ध्रुमुस सुन्तली फाउण्डेसनलाई उक्त रकम उपलब्ध गराउने भएको हो । यसअघि महानगरले फाउण्डेसनलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो । भने महानगरले दिने भनिएको ६ करोड रुपैयाँ बाँकी नै रहेको छ ।
यसअघि बागमती प्रदेशले पनि रंगशाला निर्माणका लागि फाउण्डेसनलाई ३ करोड रकम उपलब्ध गराएको थियो । साथै मुख्यमन्त्री डोरमणी पौडेलले रंगशाला निर्माणको लागि सधैँ सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस