समाचार

पोखरालाई चीनको कुनमिङबाट स्वास्थ्य सामग्री सहयोग

army health

२ कात्तिक, काठमाडौं । पोखरा महानगरपालिकालाई चीनको भगिनी शहर कुनमिङले स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल चीन जनमैत्री सङ्घ पोखराका अध्यक्ष विश्वशङ्कर पलिखेले उक्त सामग्री पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।

कुनमिङले २० हजार थान सर्जिकल मास्क, दुई हजार थान केएन ९५ मास्क, सात सय ५० थान पिपिई  र चार सय थान थर्ममिटर सहयोग गरेको छ । पोखरा महानगरका प्रमुख  जिसीले कोभिड –१९ को महामारीमा भगिनी सम्बन्ध रहेको शहरबाट प्राप्त सहयोग निकै महत्वपूर्ण हुने बताए ।

कुनमिङले गत जेठमा पनि पोखरा महानगरलाई स्वास्थ्य सामग्री सहयोग पठाएको थियो । कुनमिङले रु ३१ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको पोखरा महानगरपालिका, वैदेशिक समन्वय सहजकर्ता लक्ष्मण तिमिल्सिनाले बताए । भगिनी सम्बन्ध जोडिएका चीनका लिञ्जी र  ग्वाङ्झाओबाट समेत गत जेठमा रु एक करोड बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको थियो ।

कुनमिङसंँग सन् २००१ मा पोखरा महानगरले भगिनी सम्बन्ध स्थापना गरेको थियो । हालसम्म महानगरले १३  देशसँग मितेरी सम्बन्ध स्थापना गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस