
३ कात्तिक, काठमाडौं । सिनामंगल स्थित केएमसी अस्पतालको तेस्रो तलाबाट २६ वर्षीय विरामी युवकले हाम्फालेर आत्महत्या प्रयास गरेका छन् ।
सोलुखुम्बुको जुगु गाउँपालिका घर भएका रोशन खड्काले हाम्फालेर आत्महत्या प्रयास गरेको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले बताए ।
उनका अनुसार खड्कालाई उनकी आमाले आइतबार मात्रै केएमसीमा भर्ना गरेकी थिइन् । ‘घरमा हात, खुट्टा पोलेपछि अस्पतालमा ल्याउनु भएको रहेछ’, बस्नेतले भने, ‘सोमबार बिहान आमा औषधि लिन गएका बेला हाम फालेछन् ।’
घटनाबारे थप बुझ्ने काम भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस