समाचार

कलाकार शिवहरि पौडेलकी आमाको निधन

shivahari poudel

३ कात्तिक, काठमाडौं । चर्चित हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेलकी आमाको निधन भएको छ ।

कार्तिक २ गते राति १०० वर्षको उमेरमा उनकी आमा गंगादेवी पौड्यालको निधन भएको कलाकार पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका हुन् ।

उनले फेसबुकमा लेखेका छन् – ‘दुःखद् खबर लेख्न बाध्य भएँ आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेँ कि गरिनँ, मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनु भो, त्यसपछि हजुरलाई बचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस