समाचार

बिराटनगरबाट सट्टेबाजी खेलाउने ३ जना पक्राउ

sattabaji

३ कात्तिक, विराटनगर । बिराटनगरबाट प्रहरीले तीन जना सट्टेबाजलाई पक्राउ गरेको छ । यूएईमा जारी आईपीएल क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरिरहेको अवस्थामा बिराटनगरबाट तीन जनालाई प्रहरीले पकाउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले कार्तिक २ गते राति साढे ११ बजे बिराटनगर महानगरपालिका–१६ स्थित भट्टीमोड बस्ने ३७ वर्षीय पुरुषोत्तम साहलाई पक्राउ गरेको हो ।  उनले फोनमार्फत आईपीएल खेल हार्ने वा जित्ने भनी अनलाइनमार्फत सट्टाबाजी गर्ने गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

सट्टेबाजीमा संलग्न ३५ वर्षीय मन्जित्र साह र २८ वर्षीय अपजर अलीसमेत पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरुका साथबाट २८ हजार ५ सय रुपैयाँ, ३ थान मोबाइल, ३ वटा डायरी र र को १८ प ६८८९ नम्बरको पल्सर मोटरसाईकल सहित नियन्त्रणमा लिई जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस