समाचार

दाङमा नक्कली नोटसहित तीन जना पक्राउ

arrest

३ कात्तिक, दाङ । दाङमा नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लमही नगरपालिका वडा नं. ९ अमिलियाबाट एक महिला र दुई पुरुष गरी तीन जनालाई पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।

बाँकेको कोहलपुरदेखि दाङको अमिलियातर्फ आइरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई नक्कली नोटसहित जिल्लाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । अहिले उनीहरुलाई इलाका प्रहरी कार्यालय अमिलियामा राखिएको छ ।

अनुसन्धान भइरहेकाले उनीहरुको नाम गोप्य राखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस