
३ कात्तिक, काठमाडौं । दशै-तिहारलाई लक्षित गरि ई फार्मले भर्चुअल खसी मेला सुरु गरेको छ । उपभोक्ताले ई फार्मको भाइबर, इन्स्ट्राग्राम, फेसबुक लगायत सामाजिक सञ्जालमा भिडियो कल गरेर खसी तथा च्याङग्रा छनोट गरि अर्डर गर्न सक्नेछन् ।
उपभोक्ताले बिहान ५ बजेदेखि राती १२ बजेसम्म जुनसुकै समयमा फेन गरेर खसी तथा च्याङग्रा अर्डर गर्न सक्नेछन् । असोज २५ गतेदेखि सुरु भएको खसी मेला कातिक ९ गतेसम्म हुनेछ ।
कोरोना भाइरस संकटका कारण बजारमा गएर खसी किन्न जाँदा जोखिम हुने भएकाले भिडिओ कलमै उपभोक्ताले खसी छान्ने, तौल हेर्न सकिने, खसीको रङसमेत छान्न सकिने फार्मका संस्थापक प्रमेश्वर श्रेष्ठले बताए । उपभोक्ताको मागअनुसार खसी जिउँदै, काटेर सफा गरेर डेलिभरी गर्ने जनाएको छ ।
ई फार्मको वेबसाइट (www.efarm.live) बाट र ९८०१८५५५०५ मा फोन गरेर पनि अर्डर गर्न सकिन्छ ।
ई फार्मले केहि साताअघि देखि नै अनलाइनबाटै प्रि–बुकिङ सुरु गरेको थियो । फार्मबाट खसी किन्ने एनआइसि एसिया बैकंका प्रयोगकर्ताहरुले ५ प्रतिशत वा एक हजार रुपैयाँ सम्म छुट पाउनेछन् । त्यस्तै जिउँदो खसी, च्याङग्रा र सिङ्गै खसी लैजान नसक्ने उपभोक्ताले ३ केजी भन्दा बढी अर्डर दिए घरमै डेलिभरी गरिने बताइएको छ ।
धनकुटा, बैतडि, उदयपुर, सल्यान लगायतका पहाडि जिल्लाबाट ल्याएको खसी, मुस्ताङको च्याङग्रा, नुवाकोटको कुखुरा ई फार्ममा पाइनेछन् ।
उपभोक्ता फार्ममै आउन चाहेको खण्डमा सामाजिक दुरी कायम गरेर एक/एक जनालाई मात्र फार्म प्रवेश गराइने व्यवस्था गरेको उनले बताए । करिब ११ रोपनी जग्गामा ई फार्मको आफ्नै खसी फार्मसँगै खसी काट्ने, सफा गर्ने, मासु काट्ने ठाउँ पनि छुट्टै छ । गत वर्ष खसी र च्यांग्रा बिक्री गर्दै ई फार्म सुरु भएको थियो । त्यसपछि उनीहरु अन्य कृषि उत्पादनहरुलाई थप्दै सेवा विस्तार गरिरहेका छन् ।