समाचार

केएमसीको तेस्रो तलाबाट हाम फालेका युवकको मृत्यु (अपडेट)

KMC Sinamangal

३ कात्तिक, काठमाडौं । सिनामंगलस्थित केएमसी अस्पतालको तेस्रो तल्लाबाट हाम्फालेका रोशन खड्काको मृत्यु भएको छ ।

सोलुखुम्बुको जुगु गाउँपालिका घर भएका २६ वर्षीय खड्काको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी जितेन्द्र बस्नेतले बताए ।

सोमबार बिहान पौने ९ बजे आमा औषधी किन्न गएका बेला रोशनले अस्पतालबाट हाम्फालेर आत्महत्या प्रयास गरेका थिए । केएमसी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । बस्नेतका अनुसार खड्कालाई उनकी आमाले आइतबार मात्रै केएमसीमा भर्ना गरेकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस