समाचार

प्रहरीलाई नै गोली हानेर भागेका अपहरणकारी ६ वर्षपछि पक्राउ

abhiyukta pakrau

३ कात्तिक, काठमाडौं । प्रहरीलाई नै गोली हानेर भागेका अपहरणकारी ६ वर्षपछि पक्राउ परेका छन् । झापाको मेचिनगर १२ का ३८ वर्षीय रमेश मेचेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौंबाट पक्राउ गरेको हो ।

७१ माघमा नरेशको समूहले अग्रवाललाई झापाको धरमपुरमा बन्धक बनाएका थिए । उद्धार गर्न पुगेका प्रहरीलाई गोली हानेर भागेका मेचेलाई झापा जिल्ला अदालतले ०७३ असारमा १७ बर्ष कैद र १ लाख ५० हजार जरिवाना हुने फैसला गरेको थियो ।

मेचेलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेर फैसला कार्यान्वयनका लागी झापा पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी उमाप्रसाद चतुर्वेदीले बताए । झापाका मेचीनगर नगरपालिका घर भएका ३८ वर्षीय नरेशसँगै अपहरणमा संलग्न अन्य ८ जनालाई प्रहरीले यसअघि नै पक्रेर मुद्दा चलाएको छ ।

बजरंग पन्सारी अग्रवाल समेतले सुनिललाई अपहरण गरेर एम्बुलेन्समा हाली धरमपुर–२ स्थित हर्कबहादुर कन्दको घरमा बन्धक बनाएका थिए । घटनामा संलग्न आरोपी बिरुद्ध प्रहरीले अपहरण शरिर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दा चलाएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस