३ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले मोबाइल, सामाजिक सञ्जाल लगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडी कर्फ्यु लाग्ने भन्ने म्यासेज गलत भएको बताएको छ ।
गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले विज्ञप्ति निकालेर ‘सुरक्षा संवेदनशील विषय जोडेर संकटकाल, कर्फ्यू लाग्ने भन्ने सूचना सम्प्रेषित गरेकोमा मन्त्रालयको ध्यानाकर्षण भएको’ बताएका छन् ।
मोबाइल र सामाजिक सञ्जालमा प्रेशित गरिएको सो सूचना तथ्यहिन, भ्रामक र गलत भएको मन्त्रालयले जनाएको छ । घटनालाई गम्भीरतापूर्वक लिएर आवश्यक अनुसन्धान प्रक्रिया शुरु गरिएको गृह प्रवक्ता बुढाले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो र साइबर ब्यूरोले यसबारे अनुसन्धान शुरु गरेका छन् । मोबाइलमा पिएससी युजरबाट ‘ग्रुप मेसेज’आएपछि सो सूचना भाइरल भएको छ । सूचनामा आपतकालिन अवस्था आएकोले कफ्र्यु लगाएको र सशस्त्र प्रहरीले एयर ट्राफिक मनिटर गरेर सम्भावित चुनौती साम्य पार्न पार्न लडिरहेको उल्लेख छ ।