समाचार

नेकपाका सबै सांसदहरूले दशैं भत्ता फिर्ता गर्ने

nekapa meeting

३ कात्तिक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले पाउँदै आएको दशैं तिहारको भत्ता फिर्ता गर्ने निर्णय गरेको छ । राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरुको छलफलपछि पार्टी दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दशैं तिहारको भत्ता नलिने निर्णय गरेको दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

‘सधैंजसो सांसदलाई दशैं तिहारको भत्ता स्वरुप एक महिनाको तलब आउँछ’ नेम्वाङले भने, ‘अहिले कोरोना माहामारी भएकाले भत्ता नलिने सबै नेकपाका सांसदको भत्ता कोरोना नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय भयो ।’ कोरोनाले सबै जनता त्रसित भएकाले सबै नेकपा सांसदले सादा सामान्य दशैं मनाउने निर्णय भएको नेम्वाङले बताए ।

नेकपाका प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ गरी संघीय संसदमा नेकपाका २२० जना सांसद छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस