
३ कात्तिक, काठमाडौं । काठमाडौंमा उपत्यकामा थप २३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार विभिन्न प्रयोशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २३ सय ८८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौंमा २ हजार ८, भक्तपुरमा ९९ र ललितपुरमा २ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, सोमबार नेपालमा थप ३ हजार ७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस