समाचार

प्रेस काउन्सिलका अनलाइन उजुरीबाहेक सबै सेवा बन्द

press council nepal

३ कात्तिक, काठमाडौं । प्रेस काउन्सिल नेपालले अनलाइन उजुरीबाहेक अन्य सेवा प्रवाह आजदेखि बन्द गरेको छ । काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराले एक सूचना जारी गर्दै कोभिड– १९ को सङ्क्रमणको जोखिम बढेकाले हाललाई अनलाइन उजुरीबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिए ।

उनले काउन्सिलका चार जना कर्मचारीलाई सङ्क्रमण देखिएकाले अन्य कर्मचारीमा समेत सङ्क्रमणको भयावह रुप लिनसक्ने अवस्थालाई मध्यनजर गर्दै दशैँ अगाडि सबै सेवा स्थागित गरिएको जानकारी दिए ।

“दशैँको पूर्वसन्ध्यामा काउन्सिलबाटै कोभिड– १९ को सङ्क्रमणले भयावह रुप लिनसक्ने अवस्थालाई मध्यनगर गरी क्षमता र परिस्थितिअनुसार सकुशल रहेका कर्मचारीले आआफ्नो घरबाट अनलाइन उजरी र स्वअनुगमनसम्बन्धी कार्य गर्नेगरी आजदेखि अर्को व्यवस्था नभएसम्मका लागि अनलाइन उजुरीबाहेक अन्य सेवा स्थगित गरिएको छ”, जारी सूचनामा भनिएको छ । काउन्सिलका एक अधिकृत, दुई वरिष्ठ सहायक र हलुका सवारी चालकलाई सङ्क्रमण देखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *