३ कात्तिक, चितवन । चितवनमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी देवचुली वडा नं ११ निवसी ७५ वर्षिय महिलाको मृत्यु भएको हो ।
नवलपरासी की महिलाको सोमबार दिउँसो साढे २ बजे मृत्यु भएको सीएमसीका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।
श्वासप्रश्वासमा समस्या आएपछि उनी असोज २७ गते अस्पतालमा भर्ना भएकी थिइन् । ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने समस्या देखिएका उनको असोज ३० गते कोरोना पुष्टि भएको थियो ।
आईसीयू कक्षमा राखेर उपचार गरिए पनि उनलाई बचाउन नसकिएको डा. लम्सालले बताए ।
प्रतिक्रिया दिनुहोस