समाचार

२१ वामपन्थी दल : महामारीमा सरकारले जनताको उपचार नगर्नु संविधान उल्लंघन हो

covid 19 swab test

३ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा‚ मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी‚ सिपी मैनाली नेतृत्वको नेकपा मालेलगायत २१ वामपन्थी दलहरुले कोरोना महामारी उपचारमा राज्य उपचार गर्नबाट पन्छिन नमिल्ने बताएका छन् ।

सोमबार २१ दलहरुले संयुक्त विज्ञप्ति जारी गर्दै कोरोना महामारीमा संक्रमितहरुको उपचारमा राज्यले उपचार गर्नबाट पछि हट्न नहुने बताएका हुन् । विज्ञप्तिमा यसअघि सर्वोच्च अदालतले सबै नागरिकको निशुल्क उपचार गर्न दिएको आदेशेको समेत  उपहास गरेको जनाइएको छ ।

ती दलले आम नागरिकको बाँच्न पाउने अधिकारमाथि समेत अतिक्रमण गरेको आरोप लगाउँदै उक्त निर्णय अबिलम्ब खारेज गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

bampanthi

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *