समाचार

आफ्नै काकाको हत्या गरी फरार भएका व्यक्ति पक्राउ

kaka hatya

३ कात्तिक, पोखरा । आफ्नै काकाको हत्यामा संलग्न रहेका एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । आफ्नै काका बर्ष ५५ का टंक बहादुर तामाङको हत्यामा संलग्न रहेको आरोपमा उनका भतिज बर्ष ४६ का इन्द्र बहादुर तामाङलाई प्रहरीले मध्ये नेपाल नगरपालिका वडा नं २ सोतिपसल बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ओखलढुङ्गा जिल्ला साबिक मुलखर्क गाविस वडा नं २ हाल सुनकोसी गाउँपालिका वडा नं ५ बान्द्रेका तामाङलाई हत्याको अभियोगमा कास्की प्रहरीले पक्राउ गरेको हो । गत बैशाख २० गते कास्कीको मजुवा जंगल छेउमा बस्ने इन्द्र बहादुर तामाङले आफ्नै काका पर्ने टंक बहादुर तामाङलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको हत्याका आरोपित तामाङले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपि जिवन कुमार श्रेष्ठले जानकारी दिएका छन ।

तामाङका अनुसार मदिरा सेवन गरेर बसिरहेको बेला भाँडा खसेको र सोही बिषयमा सामान्य भनाभन हुँदा आफुले मदिराको नशामा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको र थाहा पाउने डरले लमजुङ भागेको निजले स्वीकार गरेको एसपी श्रेष्ठले बताए।

इन्द्र बहादुर तामाङ्ग र टंक बहादुर तामाङसँगै अर्का एक पन्थबहादुर तामाङ पनि बस्ने गरेका थिए । दुई जनाबीच झडप भएपछि ‘सधै झगडा गरेर सुत्न दिँदैनन् भन्दै पन्थबहादुर त्यहाँबाट निस्केका थिए, भोलिपल्ट उठेर जाँदा पन्थबहादुरले टंकबहादुरको शव देखेका थिए भने इन्द्रबहादुर फरार थिए । अहिले इन्द्रबहादुरमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस