समाचार

रुपन्देहीको एभरेष्ट पेट्रोल पम्पमा भीषण आगलागी

fire on petrol pump

३ कात्तिक, बुटवल । रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ अन्चरलपुरमा रहेको एभरेष्ट पेट्रोल पम्पमा भीषण आगलागी भएको छ ।

पम्पमा पेट्रोल खनाउने क्रममा साँझ करिब साढे ७ बजेतिर आगलागी भएको रुपन्देही प्रहरीका प्रवक्ता एवं डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार लु २ ख १५४१ नम्बरको ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा आगलागी भएको थियो ।

आगलागीबाट ट्यांकर र त्यसमा रहेको पेट्रोल जलेर नष्ट भएको छ । अहिले तीन वटा दमकलबाट आगो निभाउने प्रयास भइरहे पनि आगो नियन्त्रणमा आउन नसकेको प्रवक्ता खत्रीले जानकारी दिए । आगलागी बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *