
४ कात्तिक, बुटवल । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बुटवल–११ की ४४ वर्षीया महिलालाई सोमबार स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराइएको थियो ।
त्यस क्रममा कोरोना संक्रमण देखिएपछि उनलाई कोरोना अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा मंगलबार बिहान ५ बजेर १० मिनेटमा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
उनका अनुसार ती महिलामा मधुमेहको समस्या थियो । योसँगै कोरोना विशेष अस्पताल बुटवलमा कोरोनाले मृत्यु हुनेको संख्या ३५ पुगेको डा.गौतमले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस