समाचार

लोकसेवा आयोगको सबै परीक्षा स्थगित

loksewa-aayog

४ कात्तिक, काठमाडौं । लोकसेवा आयोगले यही कात्तिक १६ गतेदेखि हुने भनिएका सम्पूर्ण लिखित परीक्षा स्थगन गरेको छ । कोरोना महामारीका कारण परीक्षामा सहभागी हुने उम्मेदवारमा सिर्जना भएको भय र आयोगका कर्मचारीमा पनि संक्रमण पुष्टि भएका कारण परीक्षा स्थगन गरिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।

परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने जनाइएको छ । त्यसैले पूर्वनिर्णयबमोजिम तोकिएका निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका सम्पूर्ण लिखित परीक्षा स्थगन गरिएको आयोगले जानकारी दिएको छ ।

‘हाल मिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण आयोगबाट सञ्चालन हुने परीक्षामा सम्मिलित हुने उम्मेदवारहरुमा सिर्जना भएको भय एवं आयोगका कर्मचारीहरुसमेत कोरोना भाइरसबाट सक्रंमित भई परीक्षासँग सम्बन्धित मुख्य शाखाहरू समेत बन्द गर्नुपरेको र कर्मचारीहरू आइसोलेसनमा रहेको कारण परीक्षा व्यवस्थापनमा जनशमि खटाउन एवं परीक्षा व्ज्यवस्थापन गर्न समस्या भई तत्काल परीक्षा सञ्चालन गर्न कठिनाई उत्पन्न भएको’ आयोगको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले केही दिन अघि कोरोना संक्रमित व्यक्तिलाई परीक्षामा सामेल नगर्ने जनाएको थियो । तर, सर्वोच्च अदालतले कोरोना संक्रमितहरुलाई पनि लोकसेवाको परीक्षा दिने व्यवस्था मिलाउन निर्देशनात्मक आदेश दिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस